२०८२ असार १७ गते, मंगलवार १२:११

काठमाडौं-

गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौंमा भएको घटना अपराधिक र विध्वंसात्मक कार्य भएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री लेखकले यस्तो बताउनुभएको हो । तीनकुने भएको घट्नाप्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले आइन्दा यस्ता घटना हुन नदिन चनाखो रहेको समेत बताउनु भयो ।

उहाँले तीनकुने घटना अपराधिक र विध्वंशकारी घट्ना भएकोले फौजदारी कानूनी प्रक्रियाबाट नै छानविन हुने जिकिर गर्नुभयो । सांसदहरुले घट्नाको सत्यतथ्य छानविन गर्न छानविन आयोग गठन गर्न माग गरेका थिए । गृहमन्त्री लेखकले सरकारको रेगुलर क्रिमिनल जस्टिस सिस्टमले घट्नाबारे कुनै आग्रह र पूर्वाग्रह नराखी निष्पक्ष छानविन गर्ने बताउनु भयो ।

सार्वजनिक सम्पती लुटपाट, आगजनी र आरजकता गर्ने कार्यमा संलग्नहरुलाई पक्राउ गर्ने कार्य अझै नरोकिएको समेत उहाँको भनाइ छ । तीनकुने प्रदर्शनका कमाण्ड दुर्गा प्रसाईं प्रक्राउ परेको समेत उहाँले समितिलाई जानकारी दिनुभयो ।

घटनाको अनुसन्धान जारी रहेकोले भूमिका अनुसार कसैलाई पनि नछोडिने गृहमन्त्री लेखकले दाहो¥याउनु भयो ।उहाँले लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कशताको खोजि गर्नु कुनैपनि हिसावले उचित नहुने बताउनु भयो । उहाँले जनतामा गएर आफ्नो कुरा राखेर निर्वाचित हुने अधिकार संविधानले सबैलाई दिएको समेत उल्लेख गर्नुभयो ।

उहाँले तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने काम अघि बढिसकेको बताउनु भयो । घटना घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने उहाँको भनाइ छ । बैठकमा सांसदहरुले तीनकुने घट्नाको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाहलाई बनाउनु पर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस