बुटवल-
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुले आफ्नो मात्र हित हेरेर समस्याको समाधान नहुने बताउनु भएको छ ।
शुक्रवार नेकपा (एमाले) ले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उहाँले शिक्षकहरु भावनामा बगेको उल्लेख गर्दै यसले समाधान नदिने बताउनुभएको हो । आफ्नो मात्र हित हेरेर नभई देशको आर्थिक अवस्था र राष्ट्रको क्षमता हेर्न महत्वपूर्ण रहेको उहाँको भनाइ छ । उहाँले रोकिएको शिक्षा ऐनलाई उपयुक्त ढंगबाट ल्याइने बताउनु भयो । उहाँले सरकार शिक्षकका समस्या समाधान गर्न चाहिरहेकोले शिक्षकहरुले समेत आफ्नो बाध्यता बुझिदिनुपर्ने बताउनु भयो ।

मुलुकमा विद्यमान समस्याको समाधान गर्नकै लागि वर्तमान सरकार गठन भएको उहाँको दाबी छ । उहाँले एक जना कर्मचारी निकाल्दा राजनीतिक दलहरुले रुवाबासी गरेको टिप्पणी गर्नुभयो ।