२०८२ असार १७ गते, मंगलवार ०१:२६

काठमाडौं- 

नेपाली काँग्रेस र नेकपा एमाले सांसदहरुले सहमति नजनाएपछि संसदीय समितिको बैठकमा प्रश्ताव पेश भएपनि तीनकुने घटनाबारे छानविन समिति गठन हुन सकेन ।

शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सभापति विमला सुवेदीले तीनकुने घटनाबारे छानविन समिति गठन गर्न प्रश्ताव गर्नुभएको थियो । तर नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरुले सहमति नजनाएसँगै छानविन समिति बन्न नसकेको हो ।

समिति सभापति सुवेदीले उक्त घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको बताउनु भयो । उहाँले घटनामा शान्ति सुरक्षा कायम गर्ने सरकारको दायित्वमा कमजोरी  देखिएको बताउनु भयो । उहाँले आगामी दिनमा राज्यले यस्ता घटना दोहोरिन नदिन समितिले सचेत गराएको बताउनु भयो । उहाँले सुरक्षा चुनौतीको विश्लेषणका आधारमा  शान्ति सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाउनुपर्ने बताउनु भयो ।

सभापति सुवेदीले आगामी दिनमा सुरक्षा संवेदनशीलतालाई उच्च प्राथकितामा राखेर उचित स्थानमा मात्र प्रदर्शन गर्न अनुमति दिने आवश्यक आवश्यक प्रवन्ध मिलाउन सरकाराई निर्देशन दिएको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस