२०८२ असार १७ गते, मंगलवार ००:४२

जनकपुर-

वीरगन्जमा शनिबार निकालिएको हनुमान जन्मोत्सवको शोभा यात्राका क्रममा भएको झडपको घटनाविरोधमा जनकपुरमा आइतबार राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको छ।

जनकपुरमा भएको विरोध प्रदर्शनमा सहभागीहरूले गृह मन्त्रालयको निष्क्रियता प्रति आक्रोश व्यक्त गर्दै गृहमन्त्री रमेश लेखकको पुतला दहनसमेत गरेका छन्। उनीहरूले दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग पनि गरेका छन्।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले “सर्वपक्षीय बैठकको नाटक बन्द गर”, “दोषीलाई तत्काल गिफ्तार गर” लगायतका नारा लगाएका थिए।

अभियानका प्रतिनिधिहरूले भने, “यो कुनै साधारण घटना होइन, धार्मिक स्वतन्त्रतामाथि आक्रमण हो। दोषीहरूलाई छिटोभन्दा छिटो कारबाही नभए अझ कडा आन्दोलन गरिनेछ।”

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस