२०८२ पुष २७ गते, आईतवार १४:२७

सुनसरीको देवानगञ्जमा नयाँ वर्षको साँझ गोली चल्दा एक गम्भीर घाइते, तीन पक्राउ

सुनसरी-

सुनसरीको देवानगञ्ज गाउँपालिकामा नयाँ वर्षको दिन साँझ गोली चलेको छ। सोमबार साँझ भएको गोली प्रहारबाट देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन्।

सुनसरी प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आर्थिक लेनदेनको विषयलाई लिएर दुई पक्षबीच गोली हानाहान भएको देखिएको छ। सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले नेपाल न्यूज बैंकसँग कुरा गर्दै भने, ‘घटनामा ६ जनाको संलग्नता देखिएको छ। जसमध्ये तीन जना फरार रहेकाले उनीहरूको खोजी कार्यलाई तीव्र पारिएको छ।’

उनले थप जानकारी दिँदै गम्भीर घाइते भएका शिवकुमारसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनास्थलबाट गोलीका खोकाहरू पनि सङ्कलन गरिएको बताए।

पक्राउ पर्नेहरूमा रविन कुमार यादव र पिन्टु यादव पनि रहेका छन्। गम्भीर घाइते भएका मेहताको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार रविन कुमारको नाकको टुप्पामा गोली लागेको छ भने पिन्टुको अवस्था सामान्य रहेको छ। फरार रहेका अन्य तीन जनाको पहिचान गरी खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस