२०८३ बैशाख २ गते, बुधबार ०५:०४

सुनसरीको देवानगञ्जमा नयाँ वर्षको साँझ गोली चल्दा एक गम्भीर घाइते, तीन पक्राउ

सुनसरी-

सुनसरीको देवानगञ्ज गाउँपालिकामा नयाँ वर्षको दिन साँझ गोली चलेको छ। सोमबार साँझ भएको गोली प्रहारबाट देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन्।

सुनसरी प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आर्थिक लेनदेनको विषयलाई लिएर दुई पक्षबीच गोली हानाहान भएको देखिएको छ। सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले नेपाल न्यूज बैंकसँग कुरा गर्दै भने, ‘घटनामा ६ जनाको संलग्नता देखिएको छ। जसमध्ये तीन जना फरार रहेकाले उनीहरूको खोजी कार्यलाई तीव्र पारिएको छ।’

उनले थप जानकारी दिँदै गम्भीर घाइते भएका शिवकुमारसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनास्थलबाट गोलीका खोकाहरू पनि सङ्कलन गरिएको बताए।

पक्राउ पर्नेहरूमा रविन कुमार यादव र पिन्टु यादव पनि रहेका छन्। गम्भीर घाइते भएका मेहताको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार रविन कुमारको नाकको टुप्पामा गोली लागेको छ भने पिन्टुको अवस्था सामान्य रहेको छ। फरार रहेका अन्य तीन जनाको पहिचान गरी खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस