२०८२ पुष २७ गते, आईतवार १४:२१

गाजाका ३५ स्थानमा आक्रमण गरेको इजरायली सेनाको दाबी

काठमाडौं-

इजरायली सेनाले सोमवार गाजा पट्टीभर आक्रमणको नयाँ लहर शुरु गरेको बताएको छ । जसमा लगभग ३५ वटा लक्ष्यहरू निशाना बनाइएको छ । गाजा स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१३ पुगेको बताएका छन् ।

आक्रमण गरिएका स्थलहरूमा दक्षिणी गाजामा रहेको हतियार उत्पादन सुविधा र इजरायली भूभागलाई लक्षित गरी रकेट लन्चरहरू भएको प्रक्षेपण स्थल समावेश छ । दक्षिणी गाजाको रफाहमा इजरायलले शहरलाई काट्ने नयाँ सुरक्षा क्षेत्र निर्माण पूरा गरेको र इजरायली सेनाले २० मिटर गहिरो सुरुङ मार्ग ध्वस्त पारेको सेनाले जनाएको छ ।

इजरायलले मार्च २ देखि गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । अक्टोबर २०२३ मा युद्ध शुरु भएदेखि एन्क्लेभमा मृत्यु हुनेको संख्या ५० हजार ९८३ पुगेको छ भने १ लाख १६ हजार २७४ जना घाइते भएका छन् ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस