२०८२ असार १७ गते, मंगलवार १५:५०

वीरगन्ज –

खानेपाली तथा जलश्रोत मन्त्री प्रदिप यादवले  हालै शहरमा देखिएको तनाव र अशान्तिको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नगरवासीहरूलाई शान्ति र सामाजिक सद्भाव कायम राख्न विनम्र अपील गरेका छन्।

हनुमान जयन्तीको शोभायात्राका क्रममा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै मन्त्री यादवले एक अपील जारी गरेका हुन्।

आफ्नो अधिकारिक समाजिक सन्जाल फेसबुकमा उनले लेखेका छ्न  वीरगन्ज ऐतिहासिक क्रान्तिको शहर हुनुका साथै धार्मिक स्थलहरू, विशिष्ट पर्व-यात्राहरू र सामाजिक सांस्कृतिक सामञ्जस्यताको अनुपम पहिचान बोकेको उल्लेख गरेका छन्। नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक र सांस्कृतिक आस्थाको स्वतन्त्रता दिएको स्मरण गराउँदै उनले वीरगन्जमा एकअर्का समुदायको पर्व-यात्रामा मिलिजुली मनाउने, सहयोग र सद्भाव राख्ने गौरवशाली परम्परा रहेको बताएका छन्।

नगर प्रमुखले वीरगन्ज्का बासिन्दाहरूको सुझबुझ र समझदारीले विगतमा पनि पारस्परिक तनाव वा असमझदारीलाई आपसी संवादबाट समाधान गर्ने गरिएको स्मरण गराए। उनले वीरगन्ज सबैको साझा फुलवारी भएको र यहाँ शान्ति, सद्भाव र मेलमिलाप कायम राख्नु सबैको साझा जिम्मेवारी भएकोमा जोड दिएका छन्।

हाल केही दिनदेखि वीरगन्जमा शान्ति सद्भावमा खलल पुऱ्याउने, उत्तेजना फैलाउने अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्तिमा तोडफोड गर्ने, आगो लगाउने वा अभद्रता गर्ने जो कोहीलाई पनि स्थानीय प्रशासनले कानूनबमोजिम दण्डित गर्नुपर्नेमा उनले जोड दिए। उनले तनाव सुरु भएदेखि नै आफू व्यक्तिगत रूपमा पर्सा जिल्लाका प्रशासन र प्रहरीको सम्पर्कमा रहेको र विभिन्न समुदायका अगुवाहरूसँग समन्वय र सल्लाह गरी शान्ति स्थापित गर्ने प्रयासमा रहेको जानकारी दिए।

अन्त्यमा, मन्त्री यादवले वीरगन्ज क्षेत्रका सम्पूर्ण नागरिकहरूलाई सामाजिक सद्भाव र शान्ति कायम राख्न विनम्र अपील गर्दै स्थानीय प्रशासनलाई दोषीको पहिचान गरी कानूनी कारबाही अगाडि बढाउन आग्रह गरेका छन्। शान्ति र सद्भावका लागि गरिने प्रयत्न हल्ला र प्रचारबाजीभन्दा नेपथ्यबाट गम्भीर प्रयास गरिनुपर्ने आफ्नो मान्यता रहेको उनले स्पष्ट पारे। उनले नगरवासीलाई विश्वास दिलाए कि सबैको प्रयासले वीरगन्ज आफ्नो पुरानै लयमा अवश्य फर्किनेछ।

मन्त्री यादवले लेखेको अपिल पढ्न यहाँ थिच्नुहोला

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस