२०८२ असार १७ गते, मंगलवार १२:३९

काठमाडौं-

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व नरहेको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजा देशबाट गइसकेको भन्दै पूर्वराजा शाह राजा नै नरहेको जिकिर गर्नुभयो । उहाँले अस्तित्व नभए पनि आफूलाई पूर्वराजा भनेर ठाउँ ठाउँमा हिँड्ने गरेको बताउनु भयो ।

उहाँले फागुन ७ गते र नयाँ वर्षको अवसरमा पूर्वराजा शाहले दिनुभएको शुभकामनाप्रति असुन्तुष्टि जनाउनु भयो । पूर्वराजा शाहलाई संसदीय व्यवस्था मान्ने तर बद्मासी गर्न खोजिरहेको आरोप लगाउनु भयो । अध्यक्ष ठाकुरले आफूहरु अझै पनि संघर्षमै रहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस