२०८३ जेष्ठ १६ गते, शनिबार १७:३३

बंगलादेशले नेपाल, भारत र भुटानबाट विभिन्न सामग्री आयातमा रोक लगायो

काठमाडौँ-

बंगलादेशको नेसनल बोर्ड अफ रेभेन्यू (एनबीआर) ले नेपाल, भारत र भुटानबाट विभिन्न मालवस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। आइतबार राजपत्रमा प्रकाशित सूचनाअनुसार धागो, धुलो पाउडर, सुर्ती, पत्रिकाको कागज, विभिन्न प्रकारको कागज, पेपरबोर्डलगायत सामग्रीको आयातमा रोक लगाइएको बंगला ट्रिब्युयनले जनाएको छ।

एनबीआरको भन्सार शाखाद्वारा जारी निर्देशनअनुसार नेपाल र भुटानमा उत्पादन तथा प्रशोधन गरिएका धागो र आलुबाहेक अन्य सामग्रीको आयातलाई भने अनुमति दिइनेछ। तर, भारतको हकमा प्रतिबन्धको सूची थप विस्तृत छ। भारतबाट डुप्लेक्स बोर्ड, न्युजप्रिन्ट, क्राफ्ट पेपर, सिगरेट पेपर, माछा, धागो, आलु, दुध पाउडर, सुर्ती, रेडियो र टिभीका पार्टपुर्जा, साइकल र मोटरका पार्टपुर्जा, फोरमाइका सिट, सेरामिक, सेनिटरी सामग्री, स्टेनलेस सामग्री, मार्बल स्ल्याब, टाइल्स र मिश्रित कपडाको आयातमा रोक लगाइएको छ।

यद्यपि, भ्याटमा दर्ता भएका बंगलादेशी बिडी उत्पादक उद्योगहरूलाई सुर्तीको पत्ता आयात गर्न छुट दिइएको छ। यो निर्देशन तत्काल लागू हुने र स्थानीय उद्योगको संरक्षण तथा अवैध पुनः निर्यात रोक्न यो कदम चालिएको भन्सार स्रोतले बताएको छ।

यो प्रतिबन्धले नेपाल, भारत र भुटानका निर्यातकर्तालाई असर पार्ने देखिन्छ। बंगलादेश सरकारको यो निर्णयले क्षेत्रीय व्यापारमा नयाँ चुनौती थपिएको विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस