२०८३ जेष्ठ १६ गते, शनिबार १७:३४

वीरगन्जमा हनुमान जयन्ती शोभायात्रामा सद्भाव भड्काउने चार जनामाथि म्याद थप

वीरगन्ज-

वीरगन्जमा हनुमान जयन्तीको शोभायात्रामा धार्मिक सद्भाव विथोल्ने आरोपमा पक्राउ परेका चार जनामाथि अनुसन्धानका लागि जिल्ला अदालत पर्साले ६ दिनको म्याद थप गरेको छ। मंगलबार पक्राउ परेका शेख खुर्सेद, सलाउदिन मिया ठकुराइ, रवि सरार्फ र बल्जित सिंहमाथि बुधबार अदालतले यो आदेश दिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, सीसीटिभी फुटेज, ड्रोन र सामाजिक सञ्जालका भिडियोहरूको विश्लेषणका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो। हनुमान जयन्तीको शोभायात्रामा उच्छृङ्खल गतिविधि गरेको र धार्मिक सद्भाव बिगारेको आरोपमा उनीहरूविरुद्ध मुद्दा चलाइएको छ। प्रहरीले सात दिनको म्याद थप मागे पनि अदालतले ६ दिनको म्याद प्रदान गरेको छ।

दुई जनाविरुद्ध राज्यविरुद्धको कसुर र अन्य दुई जनाविरुद्ध आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो घटनाले स्थानीय क्षेत्रमा तनाव बढाएको छ भने प्रहरीले थप अनुसन्धानलाई तीव्र बनाएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस