२०८२ असार १७ गते, मंगलवार ११:०९

काठमाडौँ-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने पार्टीको निर्णयमा थप दृढता भएको बताउनुभएको छ ।

हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीवार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले फेरि सरकारमा गएर त्रुटी गर्ने पक्षमा आफू नरहेको बताउनु भयो । जनतामा फेरि माओवादी केन्द्रप्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने उहाँको भनाइ छ ।

उहाँले भ्रष्टाचारी र भूमाफियाहरुविरुद्धको अभियान चलाएकै कारण आफू नेतृत्वको सरकार ढलेको जिकिर गर्नुभयो । उहाँले भ्रष्टाचार विरुद्धको अभियान छोडेको र केही भ्रष्टाचारीहरुको संरक्षण गरेको भए काँग्रेस र एमालेको समर्थन पाइराख्ने दाबी गर्नुभयो ।

उहाँले(माओवादी केन्द्र) ले व्यवस्थाको लागि लडेका वर्ग र समुदायमा जान ढिला भइसकेको महशुस भएको समेत बताउनु भयो । उहाँले अभियानका क्रमा आफूहरुले विगतमा बाटो बिराएको र अहिले ठिक बाटोमा हिँडिरहेको आत्मविश्वास रहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस