२०८२ असार १७ गते, मंगलवार १२:१०

काठमाडौँ-

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन संशोधनका लागि गठित कार्यदलले काम शुरु गरेको बताउनुभएको छ ।

बिहीवार वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले संसदको आउँदो अधिवेशनबाट पास गर्नेगरी ऐन संशोधनको काम थालनी भएको बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारको क्षेत्रमा धेरै समस्याहरु रहेको कारण समयसापेक्ष सुधार गर्नको लागि ऐन संशोधन गर्न थालिएको बताउनु भयो । आजबाट नै वैदेशिक रोजगार ऐन संशोधनको लागि कार्यदलको छलफल शुरु गरेको बतउनु भयो ।

वैदेशिक रोजगार व्यवसायीहरुले पनि इमान्दार भएर व्यवसाय अगाडि बढाउन मन्त्री भण्डारीको आग्रह छ । वैदेशिक रोजगार व्यवसायी संघ सरकारको अंग भएको उल्लेख गर्दै उहाँले सरकारले व्यवसाय गर्ने नभई सहजिकरण गर्नुपर्ने बताउनु भयो । उहाँले वैदेशिक रोजगारमा जाने नागरिकले व्यवसायीका कारण समेत दुःख पाइरहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुन जरुरी रहेको बताउनु भयो ।

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउने कुरामा समेत आवश्यक कामहरु भइरहेको मन्त्री भण्डारीको दाबी छ । उहाँले संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस