काठमाडौँ-
प्रधानमन्त्रीलाई गाह्रो भएको हो भने ‘प्रधानमन्त्रीकै टिम बनाऔंः शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई बदल्नुपर्ने दोहो¥याउनुभएको छ ।
बुधवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महामन्त्री शर्माले मौन धारण गरेर सरकार सफल नहुने बताउनुभएको हो । उहाँले सरकार सफल हुने भनेकै कमी,कमजोरी केलाएर हुने भन्दै आफू संलग्न सरकारको सफलताको लागि बोल्नु आफूहरूको कर्तव्य रहेको बताउनु भयो ।

उहाँले वर्तमान सरकार कायमै रहने भएकोले सरकारको कार्यशैली बदलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । महामन्त्री शर्माले प्रधानमन्त्रीलाई काम गर्न गाह्रो परेको भए जो प्रधानमन्त्री उसकै पार्टीको टिम हुनेगरी सहमत हुनुपर्ने प्रश्ताव राख्नुभयो । उहाँले एमालेबाट प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम र काँग्रेसबाट प्रधानमन्त्री हुने बेलामा काँग्रेस टिम हुनेगरी सहमत हुनेगरी विकल्प प्रश्तुत गर्नुभयो ।
उहाँले सबैभन्दा उत्तम विकल्प सरकारको गति बढाउनु नै रहेको जिकिर गर्नुभयो । कुनैपनि बहाना बनाएर सरकारको कार्यसम्पादनमा भएको ढिलाइको दोष लगाउन नहुने बताउनु भयो । उहाँले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दिनुभएको अभिव्यक्तिको जवाफ दिँदै सरकारको आलोचनालाई आक्रमण कम र सरकारको गति रूपान्तरणको लागि बोलिएको रूपमा हेर्न आग्रह गर्नुभयो ।
उहाँले काँग्रेस सभापति शेरबहादुर देउवा समेत कामको गति बढाउनुपर्ने पक्षमा रहेको प्रस्ट पार्नुभयो । उहाँले शिक्षकका माग सम्बोधन गर्न, गभर्नर नियुक्ति, एआइजी नियुक्ति लगायतका कामहरूमा अब ढिलाइ गर्न नहुने समेत बताउनु भयो ।