२०८३ जेष्ठ १६ गते, शनिबार १६:४७

राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्य विकास हुँदै गयोः मन्त्री राणा

काठमाडौँ-

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्यको विकास हुँदै गएको बताउनुभएको छ ।

बिहीवार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीति गर्नेहरुकै कारण मुलुकमा सधैं असहज परिस्थिति बन्ने गरेको तर्क गर्नुभयो । उहाँले आफू परराष्ट्रमन्त्री भइसकेपछि विदेश भ्रमणका क्रममा कसैबाट पनि नेपालप्रति नकारात्मक प्रतिक्रिया नपाएको सुनाउनु भयो ।

नेपाललाई हेर्ने विश्व समाजको नजर एकदमै सकारात्मक रहेको उहाँको भनाइ छ । उहाँले सही किसिमको राजनीति नभएकै कारण युवाहरु विदेश पलायन हुने र देशभित्र आन्दोलन भइरहने स्थिति आएको समेत बताउनु भयो । सबैले आफ्नो मुुलुकलाई चिनेर समृद्धिको यात्रामा अघि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस