२०८३ जेष्ठ १६ गते, शनिबार १६:४७

वीरगन्जमा सुरक्षा स्थितिमा सुधार आएपछि निषेधाज्ञा हटाइयो

वीरगन्ज–

जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगन्ज महानगरपालिकामा जारी गरेको निषेधाज्ञा आंशिक रूपमा हटाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी गरिएको सूचना अनुसार, २०८२ वैशाख १ गते बिहान ०६:०० बजेदेखि लागू हुने गरी पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट भित्रको क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको हो।

यसअघि, जिल्ला सुरक्षा समितिको २०८१ चैत्र ३० गतेको निर्णय अनुसार उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो। नयाँ सूचना जारी नभएसम्मका लागि तोकिएको क्षेत्रमा कुनै पनि किसिमको भेला, सभा, जुलुस वा प्रदर्शन गर्न पाइने छैन। प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।

वीरगन्जमा हालै हनुमान जयन्तीको शोभायात्राको क्रममा दुई समूहबीच झडप भएको थियो, जसका कारण स्थिति तनावपूर्ण बनेको थियो। सोही घटनालाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा हटाइएपछि जनजीवन सामान्य हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस