२०८२ असार १७ गते, मंगलवार ०६:४७

काठमाडौँ-

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ पोखरा भएको बताउनुभएको छ ।

बिहीवार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश पर्यटकीय गतिविधिका लागि सम्भावनाले भरिपूर्ण भएको क्षेत्र भएकाले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको बताउनु भयो ।

प्रदेश सरकारले पर्यटकीय राजधानीका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माणमा तिब्र गतिका साथा काम गरिरहेको उहाँको भनाइ छ । उहाँले पछिल्लो समय प्रदेशमा रहेका मुक्तिनाथ, त्रिवेनीधाम,पञ्चकोटलगायत मठमन्दिरहरु विश्वभर परिचित हुन थालेकाले धार्मिक पर्यटनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनु भयो ।

उहाँले आन्तरिक पर्यटकहरु पनि घरबाहिर निस्किएर कतै घुम्न जाउँ भन्दा पोखरा नै पहिलो रोजाइमा पर्ने दाबी गर्नुभयो । उहाँले गण्डकी प्रदेशलाई खेल पर्यटनबाट विश्वमाझ परिचित गराउन मुस्ताङमा विश्वकै हाइ अल्टिच्युटको खेला मैदान निर्माणको काम भइरहेको बताउनु भयो । उहाँले खेलमैदन निर्माण भएपछि विश्वभरका खेलाडीहरुलाई भ्रमणका लागि आकर्षित गर्ने गरी खेल पर्यटनको प्रवद्र्धन गरिने बताउनु भयो ।

मुख्यमन्त्री पाण्डेले नेपालमा केही पनि हुन सकेन भन्ने भाष्य निर्माण खोजिएको भन्दै २०४८ सालपछिका ३० वर्षमा भएका भौतिक पूर्वाधारका कामहरु अध्ययन गर्न सुझाव दिनुभयो । गाउँका जनतालाई उत्पादनमा जोडेर आर्थिक आर्जन गर्ने अवस्थामा पु¥याउन सके कोही पनि निरास हुन नपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस