२०८३ जेष्ठ १६ गते, शनिबार १६:४७

वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा मुस्लिम सङ्घका अध्यक्षको अभिव्यक्तिप्रति गम्भीर आपत्ति

वीरगन्ज-

वीरगन्ज उद्योग वाणिज्य सङ्घले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै हनुमान जयन्तीको शोभा यात्रामा दुई पक्षबीच भएको झडप र त्यसबाट सिर्जना भएको तनाव तथा विकसित घटनाक्रमलाई लिएर मुस्लिम सङ्घ, पर्साका अध्यक्ष जफर अन्सारीले एक टेलिभिजनमा दिएको गैरजिम्मेवारीपूर्ण र निराधार अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सङ्घका अध्यक्ष हरिप्रसाद गौतमद्वारा जारी विज्ञप्तिमा मुस्लिम सङ्घ, पर्साका अध्यक्ष जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले सामाजिक सद्भाव कायम राख्नुपर्नेमा त्यसको ठीक विपरीत वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोककुमार वैद्यको समेत संलग्नता रहेको भनी दिएको गैरजिम्मेवारीपूर्ण बयान तत्काल फिर्ता लिई सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरिएको छ।

विज्ञप्तिमा अन्सारीले आफ्नो अन्तर्वार्तामा मित्र राष्ट्र भारतको एक प्रतिष्ठित संस्थाको नामै लिएर उक्त संस्थाको समेत संलग्नता रहेको भनी दिएको अभिव्यक्तिले नेपाल र मित्रराष्ट्र भारतबीचको वर्षौंदेखिको सम्बन्ध नै बिग्रिने भएकाले यस्ता आधारहीन, तथ्यहीन र सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्ति दिने व्यक्तिमाथि कडाभन्दा कडा कानूनी कारबाही हुनुपर्ने सङ्घको माग रहेको अध्यक्ष गौतमले बताएका छन्। अन्यथा, सङ्घ कानूनी उपचार खोज्न बाध्य हुने चेतावनी समेत विज्ञप्तिमार्फत दिइएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस