२०८३ जेष्ठ १६ गते, शनिबार १७:३२

हेटौंडामा इलेक्ट्रीक माइक्रो बस दुर्घटना: २ को मृत्यु, १४ घाइते

हेटौंडा-

मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा शुक्रबार इलेक्ट्रीक माइक्रो बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन्। मृत्यु हुनेमा सर्लाहीको बागमती गाउँपालिका वडा नम्बर ७ की १३ वर्षीया मानुषी मगर र रौतहटको दुर्गा भवानी गाउँपालिका वडा नम्बर–५ की ५० वर्षीया निलमदेवी राउत रहेका छन्।

काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको इभी माइक्रो बस मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

माइक्रो बसका चालक सर्लाही बागमती गाउँपालिका–५ का २९ वर्षीय कमलबहादुर दर्लामीसहितका घाइते १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस