२०८३ बैशाख १ गते, मंगलवार १९:३७

वीरगन्जमा भूमिहिन र सुकुम्बासी समस्याबारे वडा स्तरीय बैठक सम्पन्न

वीरगन्ज-

वीरगन्ज महानगरपालिका–२१ मा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी वडा स्तरीय सहजीकरण समितिको बैठक सम्पन्न भएको छ। बैठकमा भूमि समस्या समाधान आयोग पर्साका जिल्ला अध्यक्ष तबरेज अहमदले जग्गा वितरणसम्बन्धी विद्यमान कानुनी प्रक्रिया र आयोगको कार्ययोजनाबारे सहभागीहरूलाई जानकारी गराए।

राधाकृष्ण रौनियारको अध्यक्षतामा सम्पन्न बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, भूमि समस्या समाधान आयोगकी सर्भेक्षक मिना चौधरी, अमिन सुराज साहलगायतका पदाधिकारीहरू पनि उपस्थित थिए।

बैठकमा भूमिहिन तथा सुकुम्बासी समुदायका समस्याहरू समाधान गर्न आवश्यक पहल र सहजीकरण समितिको भूमिकाबारे छलफल भएको थियो। जग्गा वितरण प्रक्रियालाई पारदर्शी, निष्पक्ष र तीव्र बनाउन समिति सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिएको छ। सहभागीहरूले सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी दीर्घकालीन समाधानका उपायहरू खोज्ने निर्णय गरेका छन्।

बैठकले आगामी दिनमा वडा स्तरीय सहजीकरण समितिका क्रियाकलापहरूलाई थप प्रभावकारी बनाउँदै भूमिहिन तथा सुकुम्बासी समुदायका अधिकार सुनिश्चित गर्न निरन्तर प्रयास गर्ने निष्कर्ष निकालेको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस