२०८३ जेष्ठ १६ गते, शनिबार १७:३१

निजामति सेवा ऐन बनाउने कुरा राजनीतिक विषय होइनः रक्षामन्त्री राई

काठमाडौं — 

रक्षामन्त्री मानवीर राईले नेपाल धेरै पछि परेको कुरा सबैलाई अनुभुति भएको बताउनुभएको छ ।

शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म निजामति कर्मचारी सेवा ऐन, विद्यालय शिक्षा ऐन पारित हुन नसक्नुले यो अवस्थालाई चित्रित गरेको उल्लेख गर्नुभयो । उहाँले विधेयकमा केरै कुराहरु मिलिसकेको र विमति रहेका बाँकी कुरामा पनि सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजामति सेवा ऐन बनाउने कुरा राजनीतिक विषय नभइ सबैको साझा विषय भएको बताउनु भयो ।

उहाँले सरकारले समस्याहरु फुकाउँदै छिटो ऐनहरु पारित होस् भन्ने चाहेको बताउनु भयो । मन्त्री राईले निजामति सेवा ऐन अन्तिम चरणमा पुगेकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस