२०८२ असार १७ गते, मंगलवार ०६:१७

काठमाडौं-

खानेपानी मन्त्री प्रदीप यादवले नेपाली जनताको विश्वास जित्न आवश्यक सम्पूर्ण पहल, लगानी र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिँदै कार्यान्वयनमा पारदर्शिता र परिणाममुखीता सुनिश्चित गर्ने बताए।

“खानेपानी सेवा जनताको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील अधिकार हो। यसलाई नीतिगत, प्रविधिगत र प्रशासनिक सुधारमार्फत दीर्घकालीन, दिगो र समावेशी विकासको दिशामा सरकार र बोर्डसँगसँगै अघि बढाउनेछौँ,” उनले भने।

मन्त्री यादवले खानेपानी बोर्डले अघि सारेका योजनाले नागरिकको जीवनस्तर, जनस्वास्थ्य र वातावरणीय दिगोपनामा अतुलनीय योगदान दिएको उल्लेख गरे। उनले थपे, “खानेपानी क्षेत्रको समग्र सुधारका लागि आवश्यक सबै पहल, लगानी र समन्वयमा मेरो व्यक्तिगत प्रतिबद्धता रहनेछ।”

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २० वर्षे यात्रालाई स्मरण गर्दै मन्त्री यादवले यो संस्था दूरदर्शी सोच र दृढ सङ्कल्पका साथ स्थापना भई परिपक्वताको चरणमा प्रवेश गरेको बताए। उनले खानेपानी केवल सेवा नभई नागरिकको आधारभूत हक भएकोले यसलाई दीर्घकालीन दृष्टिकोणबाट समन्वयात्मक नीति, योजना र कार्यान्वयनमार्फत अघि बढाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस