२०८३ जेष्ठ १६ गते, शनिबार १६:४६

बाराको जितपुर सिमरामा सडक दुर्घटना: दुई जनाको मृत्यु, टिप्पर चालक फरार

बारा-

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित भुइपुलमा शुक्रबार भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

निजगढबाट पथलैया तर्फ जाँदै गरेको प्र.२–०३–००१ ख ०६०७ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको बा.०१–०२५ च ५०७६ नम्बरको कार एकआपसमा ठक्कर खाँदा कारमा सवार दुई जना गम्भीर घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि प्रसुति अस्पताल निजगढ, बारामा ल्याइएकोमा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरे।

मृत्यु हुनेमा कारको बायाँ साइडमा सवार सर्लाहीको बर्हथवा नगरपालिका–१५, हजरिया बस्ने ४६ वर्षीय नारायण हरी शर्मा रहेका छन्। कार चालकको नाम, थर र ठेगाना तत्काल खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट प्रहरी निरीक्षक सुमित कुशवाहाको कमाण्डमा टोली खटिएको थियो। प्रहरीका अनुसार टिप्पर चालक फरार रहेका छन् र उनको खोजतलास कार्य भइरहेको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस