२०८२ असार १७ गते, मंगलवार ११:५९

काठमाडौं –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र खतरामा रहेको भन्ने धारणालाई अस्वीकार गरेका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको बताउँदै गणतन्त्र आफैंमा सुरक्षित रहेको दाबी गरे ।

‘गणतन्त्र खतरामा छैन,’ प्रचण्डले भने, ‘हामी पहिलेदेखि नै यो प्रणालीमा छौं र अहिले पनि यहीँ छौं ।’ पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिमा पुनरागमनबारे सोधिएको प्रश्नमा उनले संवैधानिक र कानुनी रूपमा कुनै अवरोध नरहेको बताए । ‘उहाँ फर्किन चाहनुहुन्छ भने त्यसमा कुनै रोकावट छैन,’ उनले प्रष्ट पारे ।

हालको सत्ता गठबन्धनमा माओवादी केन्द्रले समर्थन वा सहभागिता जनाउने भन्ने हल्लालाई खण्डन गर्दै प्रचण्डले यस्ता चर्चा पूर्ण रूपमा भ्रमपूर्ण भएको बताए । शनिबार बालुवाटारमा भएको तीन शीर्ष नेताहरूको भेटघाटलाई लिएर उत्पन्न भ्रमबारे उनले भने, ‘हिजो भेट भएको कुरालाई समर्थन गरेको भन्ने गलत बुझाइ हो, त्यो पूर्ण रूपमा गलत छ ।’

उनले माओवादी केन्द्रले अहिलेको गठबन्धनलाई समर्थन नगर्ने र भविष्यमा पनि सहभागी हुने सम्भावना नरहेको स्पष्ट पारे । प्रचण्ड आज विराटनगरमा दुईवटा मुख्य कार्यक्रममा सहभागी हुँदैछन् र साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस