२०८२ असार १७ गते, मंगलवार ०१:३०

काठमाडौं  –

सिंहदरबारभित्र प्रदर्शन गरेको भन्दै पक्राउ गरिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू र अन्य नेताहरूलाई रिहा गरिएको छ। पक्राउ परेको चार घण्टापछि उनीहरूलाई छोडिएको हो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री र राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेका थिए।

प्रहरीले उनीहरूलाई सिंहदरबार परिसरभित्र प्रदर्शन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो। हाल, पक्राउ परेका सबै नेताहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ।

राप्रपाले सरकारविरुद्ध विभिन्न माग राख्दै प्रदर्शनलाई तीव्र बनाउने बताएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस