२०८२ असार १६ गते, सोमबार १९:५५

बुटवल-
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार रुपन्देहीको बुटवलमा आयोजित ‘जितगढी विजयी उत्सव–२०८२’ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरेर लैजाने सोच र योजना बनाएको भन्दै त्यसलाई अगाडी बढाउन आफूले पहल थालेको बताउनु भयो । उहाँले रुपन्देहीको विकासको लागि स्थानीय तहसँग हातेमाले गरेर अगाडी बढ्न प्रदेश सरकार तयार रहेको दाबी समेत गर्नुभयो ।

वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही दिनको सम्झनामा जितगढी किल्लामा हरेक वर्षको वैशाख ७ गते जितगढी विजय उत्सव मनाइँदै आइएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस