काठमाडौं–
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले युद्धको अन्त्य र गाजाबाट इजरायली सैन्य फिर्ताको माग गर्दै गाजामा आधा जीवित वन्धकहरूलाई फिर्ता गर्ने प्रश्तावलाई अस्वीकार गरेको बताउनुभएको छ । यदि आफूहरुले अहिले हमासको आदेशमा आत्मसमर्पण गगर्ने हो भने युद्धका सबै ठूला उपलब्धिहरू गुम्ने खतरा रहेको बताउनु भयो ।
इजरायली प्रधानमन्त्रीले इजरायललाई हमासले सबै वन्धकहरूलाई मुक्त गर्न धोका दिनसक्ने बताउनु भयो । त्यसपछि युद्ध पुनः शुरु हुने उहाँको भनाइ छ । यसैबीच गाजामा इजरायलको सैन्य कारबाही जारी छ । इजरायल रक्षा बलले एक विज्ञप्तिमा सशस्त्र बलले सप्ताहन्तमा दक्षिणी गाजा पट्टीको रफाह क्षेत्रमा ४० भन्दा बढी हमास आतंककारीहरूलाई मारेको बताएको छ ।