काठमाडौं–
हिज्बुल्लाह नेता नैम कासेमले आफ्नो समूहलाई निःशस्त्रीकरण गर्ने आह्वानलाई अस्वीकार गर्नुभएको छ । यस्तो कुनैपनि प्रयास इजरायली हितको सेवा गर्ने भ्रम रहेको बताउनु भयो । कसैलाई पनि प्रतिरोधका हतियारहरू हटाउन अनुमति नदिइने उहाँको भनाइ छ । कासेमले लेबनानको रक्षा रणनीति र वर्तमान राजनीतिक परिदृश्यमा केन्द्रित सार्वजनिक सम्बोधनमा इजरायल लेबनानलाई कमजोर र रक्षाहीन भएको हेर्न यस्तो भ्रम फैल्याएको बताउनु भयो ।
राज्यलाई बलियो बनाउने बहानामा हिज्बुल्लाहलाई निःशस्त्रीकरण गर्ने प्रश्ताव इजरायलको चाल भएको बताउनु भयो ।