२०८२ असार १७ गते, मंगलवार ११:००

वीरगन्ज –

बाराको कलैया उपमहानगरपालिका–१४ बघवनका २२ वर्षीय नितेश कुमार महतोले आत्महत्या गरेका छन्। श्याम प्रसाद महतोका छोरा नितेशले आत्महत्या गर्नुअघि एक भिडियो बनाएर आफ्नो फेसबुकमा आज बिहान ३ बजे पोस्ट गरेका थिए।

उक्त भिडियोमा नितेशले केही व्यक्तिहरूले आफूलाई मानसिक यातना दिएको आरोप लगाएका छन्। उनले भिडियोमा विवश, रुपेश, दिनेश अधिकारी र मिरा अधिकारीको नाम किटान गर्दै उनीहरूले गालीगलौज र मानसिक यातना दिएको उल्लेख गरेका छन्। साथै, मिरा र उनका भाइ दिनेशको पसलमा गएको बेला आफूमाथि जादुटोना गरेको समेत आरोप लगाएका छन्।

भिडियो सार्वजनिक भएपछि धेरैले उनलाई आत्महत्या नगर्न सुझाव दिएका थिए, तर उनले आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए। उनले भने, “हामीले भिडियोमा उल्लेख भएका कुराहरू देखेका छौँ। यस विषयमा थप अनुसन्धान जारी छ। अनुसन्धानपछि मात्रै थप कुरा भन्न सकिन्छ।”

प्रहरीले भिडियोमा उल्लेखित व्यक्तिहरू र घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको छ। स्थानीय बासिन्दा र नितेशका परिवारजन शोकमा डुबेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस