२०८३ बैशाख १ गते, मंगलवार १८:२०

सशस्त्र प्रहरीको सक्रियताले पर्सामा भन्सार छलीका सामान बरामद बढ्यो: एक वर्षमा ४१ करोड ९२ लाखको मालसामान पक्राउ

पर्सा–

सशस्त्र प्रहरी बल, नेपालले पर्सा जिल्लामा सीमा सुरक्षामा कडाइ र सक्रियता बढाएसँगै भारतबाट हुने भन्सार छलीका सामान बरामदको क्रम ह्वात्तै बढेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति राधेश्याम धिमालले गत एक वर्षको अवधिमा रु ४१ करोड ९२ लाख ३१ हजार ७०७ मूल्य बराबरको अवैध तथा शङ्कास्पद मालसामान बरामद गरिएको जानकारी दिए।

गणपति धिमालका अनुसार, सशस्त्र प्रहरीको सक्रियतापछि लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न पदार्थ र किरानाका सामानजस्ता भन्सार छलीका वस्तुहरू बरामद हुने क्रम बढेको छ। “हामीले वीरगन्ज भन्सार नाकामा दुईवटा तालिमप्राप्त कुकुरसमेत परिचालन गरेर कडा जाँच गरिरहेका छौं,” उनले भने।

२०८१ वैशाखदेखि २०८२ वैशाख ६ गतेसम्मको अवधिमा सशस्त्र प्रहरीले रु २८ करोड ११ लाख ६ हजार ४८७ मूल्यका भन्सार छलीका सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ। यस्तै, सोही अवधिमा रु १३ करोड ८१ लाख २५ हजार २२० मूल्यका बिलबिजक नभएका सामान राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

गणपति धिमालले पर्सा जिल्लाको १०७ किलोमिटर खुला सीमाको सुरक्षा, सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी नियन्त्रण, तथा सीमावासीहरूसँग समन्वयात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताए। “हाम्रो मुख्य उद्देश्य सीमा सुरक्षालाई प्रभावकारी बनाउनु र अवैध गतिविधिलाई पूर्णरूपमा नियन्त्रण गर्नु हो,” उनले थपे।

सशस्त्र प्रहरीको यो सक्रियताले पर्सा क्षेत्रमा अवैध व्यापारमा कमी आउने अपेक्षा गरिएको छ, साथै राजस्व सङ्कलनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस