२०८२ असार १७ गते, मंगलवार ०७:१३

रक्सौल –

भारत-नेपाल सीमावर्ती शहर रक्सौलस्थित आइसीपी क्षेत्रमा रहेको चर्चित ‘शमा बिरयानी ढाबा एण्ड फ्यामिली रेस्टुरेन्ट’ मा रोटी बनाउने क्रममा कारीगरले थुक प्रयोग गरेको आशंकासहितको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। यो भिडियोले स्थानीयदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच ठूलो तरंग ल्याएको छ।

स्थानीय एक युवकले खिचेको उक्त भिडियोमा रोटी बनाउने कारीगरले हरेक रोटी बनाउँदा शंकास्पद तरिकाले झुकेर थुक वा फूक गरिरहेको देखिन्छ। भिडियोमा युवकको आवाज सुनिन्छ, जहाँ उनले “हेर्नुहोस्, रोटी बनाउने बेला थुक्दैछ…” भन्दै टिप्पणी गरेका छन्। भिडियोमा कारीगरले यो कार्य खुलेआम गरिरहेको र खाना परोस्ने वेटर तथा एक बालकको उपस्थितिमा पनि आफ्नो व्यवहार नबदलेको देखिन्छ।

भाइरल भिडियोले रक्सौल र सीमावर्ती वीरगन्ज क्षेत्रमा सनसनी फैलाएको छ। सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले खाद्य स्वच्छताप्रति गम्भीर प्रश्न उठाउँदै घटनाको आलोचना र आक्रोश व्यक्त गरिरहेका छन्। ग्राहकहरू पनि यो घटनाबाट स्तब्ध बनेका छन्।

रोटी बनाउने क्रममा कारीगरले थुक प्रयोग गरेको आशंकासहितको भिडियो हेर्न याहा किलिक गर्नुस

संचालकको दाबी: बदनाम गर्ने साजिश

रेस्टुरेन्टका संचालक मोहम्मद आमिर अहमदले ‘वॉयस अफ रक्सौल’ सँग कुरा गर्दै यो घटना बदनाम गर्ने नियोजित साजिश भएको दाबी गरेका छन्। उनले कारीगरको झुकेर रोटी बनाउने पुरानो बानी भएको र हालसम्म कुनै ग्राहकले गुनासो नगरेको बताए। “भिडियो खिच्ने युवक सम्पर्कविहीन छन्। यदि कारीगरको व्यवहार आपत्तिजनक थियो भने तत्काल स्थानीयलाई खबर गरेर स्पष्ट गर्न सक्थे,” उनले भने।

संचालकका अनुसार, हरैया थानाका थानाध्यक्षले घटनास्थलमै पुगेर रोटी बनाउने प्रक्रिया अवलोकन गरिसकेका छन् र कुनै आपत्तिजनक व्यवहार नभेटिएको जनाएका छन्।

प्रहरी अनुसन्धान सुरु

घटनापछि पूर्वी चम्पारणका एसपी स्वर्ण प्रभातको निर्देशनमा हरैया थाना प्रहरी टोलीले ढाबामा पुगेर अनुसन्धान सुरु गरेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धान जारी रहेको र निष्कर्षपछि सार्वजनिक गर्ने जनाएको छ।

रेस्टुरेन्टको व्यवसायमा असर

भाइरल भिडियोको प्रभावले ढाबामा ग्राहकको उपस्थिति घटेको छ। स्थानीय व्यापारी र ग्राहकहरूले खाद्य स्वच्छताप्रति चिन्ता व्यक्त गरेका छन्। यता, राष्ट्रिय बजरंग दलले यो विषयमा प्रहरीमा उजुरी दिने र रेस्टुरेन्ट तत्काल बन्द गराउन अभियान चलाउने चेतावनी दिएको छ।

सामाजिक सञ्जालमा चर्चा

सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखे, “यो भिडियो रक्सौलको हो भनिएको छ। रोटी बनाउँदा थुक्ने यो प्रवृत्ति गम्भीर छ।” यस्ता पोस्टहरूले खाद्य स्वच्छता र सार्वजनिक स्वास्थ्यप्रति बहस सिर्जना गरेको छ।

अनुसन्धानको पर्खाइ

घटनाको सत्यता पुष्टि हुन बाँकी छ, तर यो विषय रक्सौल र वीरगन्ज क्षेत्रमा चासोको केन्द्र बनेको छ। प्रहरी अनुसन्धानको निष्कर्षले यो विवादको वास्तविकता उजागर गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस