२०८३ जेष्ठ १६ गते, शनिबार १७:३१

ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा

काठमाडौं–

ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आउनुभएको छ ।

नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उहाँ मंगलवार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउनुभएको हो । मंगलवार बिहान एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । कार्लोसले नेपाल आउँदा खुशी लागेको बताउनु भयो । ५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेल्नुभएको थियो । कार्लोस शुक्रवार नै नेपाल आउने कार्यक्रम रहे पनि स्वास्थ्य अवस्थाका कारण आउन सक्नुभएको थिएन । ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्वपूर्ण खेलाडी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस