२०८३ बैशाख १ गते, मंगलवार १७:०४

५ मिनेट चार्जमा ३२० माइल यात्रा! ईभीको सर्वोत्कृष्ट ब्याट्री ल्याएको सीएटीएलको दाबी

काठमाडौं–

विद्युतीय गाडीमा प्रयोग हुने सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनीले अपग्रेड गरिएको ब्याट्री अनावरण गरेको छ।

चीनको कन्टेम्पोररी एम्परेक्स टेक्नोलोजी (सीएटीएल)ले प्रतिस्पर्धी बीवाईडीको पछिल्लो प्रविधिले भन्दा धेरै रेन्ज दिने ब्याट्री ल्याएको दाबी गरेको हो।

यी दुवै कम्पनीले ५ मिनेटभन्दा कम समयमै चार्ज हुने ब्याट्री उत्पादन गरेको दाबी गरिरहेका छन्।

तर सोमबार सीएटीएलले आफ्नो नयाँ शेनसिङ ब्याट्रीले ३२० माइल रेन्ज दिने दाबी गरेको हो। यो भनेको बीवाईडीको २५० माइल रेन्जभन्दा ७० माइल बढी हो।

तुलनात्मक रुपमा टेस्लाका सुपरचार्जरले १५ मिनेटमा २०० माइल रेन्ज दिने गरेको छ।

‘हामी फेरि ब्याट्री लाइफको सीमा पर धकेल्दै छौँ’, सीएटीएलका प्रमुख प्रविधि अधिकृत गाओ हुआनले सांघाईमा कम्पनीको टेक डेको अवसरमा भने।

सीएटीएल शेनसिङ सुपरचार्जिङ ब्याट्रीलाई ईभीको मानक ब्याट्री बनाउने लक्ष्य रहेको उनले बताए।

बीवाईडीले ईभी उद्योगमा आफ्नो पछिल्लो प्रविधिले चकित पारेको महिना नबित्दै सीएटीएलले त्योभन्दा लामो रेन्ज दिने ब्याट्री ल्याएको हो। यी दुई कम्पनीबीच चीनको ईभी क्षेत्रमा व्यापक प्रतिस्पर्धा चलिरहेको छ।

एजेन्सीहरुका अनुसार अपग्रेड गरिएको शेनसिङको पूर्ण ब्याट्री क्षमता ५०० माइलसम्म छ। यो एक नयाँ सोडियम आयन ब्याट्री हो। यसलाई कम्पनीले लिथियम र एसिडमा आधारित ब्याट्रीहरुको तुलनामा धेरै सुलभ र सुरक्षित भनेको छ।

कम्पनीले टेस्ला, बीएमडब्लु, फक्सवागन र फोर्डजस्ता कम्पनीहरुमा आपूर्ति गर्छ यो कम्पनी सन् २०२४ मा लगातार आठौँ वर्ष विश्वको ठूलो ब्याट्री आपूर्तिकर्ता बनेको थियो। त्योसँगै कम्पनीको विश्व बजार हिस्सा ३८ प्रतिशत थियो। यसपछि बीवाईडीको भने १७.२ प्रतिशत बजार हिस्सा थियो।

हङकङको सेयरबजारमा बुझाइएको विवरणमा सीएटीएलले गत वर्षको अन्त्यतिर विश्वमा गुड्ने हरेक ३ ईभीमध्ये एकमा आफ्नो ब्याट्री रहेको बताएको थियो। विश्वका १ करोड ७० लाख ईभीमा कम्पनीको ब्याट्री चलिरहेको बताइएको छ।

गाओका अनुसार यो वर्ष कम्पनीको शेनसिङ ब्याट्री ६७ ईभी मोडलहरुमा प्रयोग हुनसक्नेछ। यो ब्याट्रीले अति नै चिसो मौसममा समेत राम्रो प्रस्तुति दिएको कम्पनीको दाबी छ। १५ मिनेटमा माइनस १० डिग्री सेल्सियससम्म पनि ५ प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज भएको कम्पनीले उल्लेख गरेको छ। सीएनएनबाट

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस