२०८२ असार १७ गते, मंगलवार ००:३५

पर्सा-

मंगलबार दिउँसो पर्साको परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालक प्रदीप गुप्ताको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

दुर्घटना वीरगन्ज महानगरपालिका–२१ मा भएको हो, जहाँ ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार ट्रकले मोटरसाइकलसँगै मधेस प्रदेश ०३–००१ द ००५१ नम्बरको ट्र्याक्टरलाई पनि ठक्कर दिएको थियो।

मृतक गुप्ताको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ। दुर्घटनामा संलग्न ट्रकलाई परवानीपुर प्रहरी चौकीमा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस