२०८३ बैशाख २ गते, बुधबार ०२:०३

धनुषामा घरायसी विवादले निम्त्याएको त्रासदी: विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमा गम्भीर

जनकपुरधाम-

धनुषा जिल्लाको शहीदनगर नगरपालिका–५ यदुकोहामा सोमबार साँझ भएको एक दुखद घटनामा तीन बालबालिकाको विष सेवनबाट मृत्यु भएको छ भने उनकी आमा गम्भीर अवस्थामा रहेकी छन्।

प्रहरीका अनुसार मृत्यु हुने बालबालिकाहरूमा सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साह रहेका छन्। सुशीलकी ३० वर्षीया पत्नी बविता साहले आफ्ना तीनै सन्तानलाई विष खुवाएर आफूले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक ओम प्रकाश यादवले बताए।

घटना सोमबार साँझ ६:४५ बजेको आसपास भएको र स्थानीय बासिन्दाले बविता र उनका सन्तानलाई विष सेवन गरेको अवस्थामा फेला पारेका थिए। उनीहरूलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। तर, अस्पताल लैजाँदै गर्दा तीनै बालबालिकाको मृत्यु भइसकेको थियो। बविताको अवस्था गम्भीर रहेको र उनको उपचार प्रादेशिक अस्पतालको भेन्टिलेटरमा भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक यादवका अनुसार घरायसी विवादका कारण बविताले यस्तो चरम कदम चालेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घटनाबारे प्रहरीलाई सोमबार राति ८:४५ बजे मात्र जानकारी प्राप्त भएको र जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धान गरिरहेको छ।

यो घटनाले स्थानीय समुदायमा शोक र आश्चर्य छाएको छ। घरायसी विवादका कारण यस्ता दुखद घटना हुन नदिन सामाजिक जागरूकता र परामर्श सेवाको आवश्यकता रहेको स्थानीय बासिन्दाले बताएका छन्।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस