काठमाडौं–
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलहरुप्रति लक्षित गर्दै देशको नेतृत्व गर्ने जिम्मा दिन नसकिने बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गाडी चलाउन नजान्ने ड्राइभरलाई चलाउने जिम्मा दिन नसकिने उहाँको तर्क छ । उहाँले राजनीति गर्नेहरुले राजनीति गर्न नहुने र राजनीति गर्न नजान्नेलाई राजनीति गर्न दिनुपर्ने कुरा नसुहाउने बताउनु भयो ।

उहाँले राजनीति बुझेका व्यक्तिलाई राजनीतिक डुंगा चलाउन नदिँदा डुंगा डुब्ने खतरा रहेको बताउनु भयो । उहाँले नेकपा एमालेलाई महाप्रलयका साथ हमला गर्दा पनि एमाले माथि उठेर देशको प्रमुख राजनीतिक दल भएको बताउनु भयो । प्रमुख पार्टीका रुपमा आइसकेपछि पनि एमालेलाई नबुझेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले राजनीति कसरी गरिरहेका छन् भन्नेकुरा मनन गर्न पार्टीका नेता-कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।