२०८३ जेष्ठ १६ गते, शनिबार १६:४८

शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले म माथि योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली

काठमाडौं–

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले योजनावद्ध रुपमा प्रधानमन्त्रीको असहयोगको कारण शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने भ्रम पैदा गरेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट विद्या भट्टराईले सोमवार राजीनामा दिनुभएको थियो । स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुभएकी मन्त्री भट्टराईको विषयमा सञ्चारमाध्यमहरुले प्रधानमन्त्रीलाई दोष देखाउँदै समाचार प्रकाशित गरेको भन्दै प्रधानमन्त्री ओली आक्रोशित हुनुभएको हो ।

उहाँले स्वास्थ्यको कारण देखाएर स्पष्ट रुपमा राजीनामा दिँदा आफूहबिरुद्ध किन आक्रमण भन्दै प्रश्न गर्नुभयो । सबै सञ्चारमाध्यहरुले आफ्नो बिरुद्धमा प्रश्ताव राखेर पारित नै गरेर झैँ आक्रमण गरिरहेको उहाँको आरोप छ । प्रधानमन्त्री ओलीले केही नयाँ राजनीतिक दलका नेताहरुले प्रधानमन्त्रीको राजीनामा आनुपर्नेमा शिक्षामन्त्रीको राजीनामा आयो भनेकोप्रति १५ महिना कुरेदेखि आफ्नो पनि राजीनामा आउने र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताउनु भयो । आफ्नो राजीनमा हेर्ने मन भए १५ महिना पर्खिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा अघि बढेको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रलाई सही दिशामा लैजान नयाँ बजेट ल्याउन लागेको बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस