२०८३ जेष्ठ १६ गते, शनिबार १६:४८

प्रधानमन्त्री ओलीको निर्देशन: कक्षा १२ को परीक्षा केही दिनका लागि स्थगित

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परीक्षा बोर्डलाई कक्षा १२ को परीक्षा केही दिनका लागि स्थगन गर्न निर्देशन दिएका छन्। मंगलबार बालुवाटारमा भएको भेटमा परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि तोकिएको समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। शिक्षकहरूको आन्दोलनका बावजुद बोर्डले सबै संयन्त्र प्रयोग गरेर परीक्षा गर्ने तयारी गरेको थियो। तर, प्रधानमन्त्री ओलीले जटिल परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा केही समय सार्न निर्देशन दिएका छन्।

शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ प्रकारका शिक्षकहरूलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने लगायतका माग राख्दै चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन्। सरकार र महासंघबीच सहमति नहुँदा शिक्षकहरूले परीक्षामा सहभागी नहुने अडान लिएका छन्।

प्रधानमन्त्रीको निर्देशनपछि बोर्डले नयाँ परीक्षा तालिका तय गर्न छलफल सुरु गरेको स्रोतले जनाएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस