२०८२ असार १७ गते, मंगलवार ०१:२६

वीरगन्ज –

नेपाल कम्युनिस्ट पार्टी (एमाले) वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा नवराज शर्मा अध्यक्ष पदमा विजयी भएका छन्। उनले प्रतिस्पर्धी सुन्दर राउत कुर्मीलाई ५५ मतान्तरले पराजित गरे। शर्माले १५१ मत प्राप्त गर्दा कुर्मीले ९६ मतमा चित्त बुझाए।

यस्तै, उपाध्यक्ष पदमा रामकिशोर सिंह पराग १४० मतसहित विजयी भए। उनका प्रतिस्पर्धी जसे आलम अन्सारीले १०१ मत प्राप्त गरे। सचिव पदमा लियाकत अली १४६ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी अनिस अन्सारीले १०९ मत पाए।

उपसचिव (खुला) मा जयनारायण सिंह कुर्मी १३८ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी अमोद प्रसाद यादवले १०४ मत प्राप्त गरे। यस्तै, उपसचिव (महिला) मा विमला श्रीवास्तव १३३ मतसहित विजयी हुँदा उनकी प्रतिस्पर्धी अर्चना अधिकारीले १०१ मत पाइन्।

निर्वाचनमा २५६ मतदाताले सहभागिता जनाएका थिए। निर्वाचन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको निर्वाचन मण्डलका अध्यक्ष बिचारी यादवले जानकारी दिए।

नवनिर्वाचित नेतृत्वले वीरगन्ज महानगरमा एमालेको सङ्गठन विस्तार र आगामी निर्वाचनमा पार्टीको प्रभाव वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस