२०८३ भाद्र २२ गते, सोमबार २०:५८

कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय

काठमाडौं –

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गर्नुभएको थियो।

प्रधानमन्त्रीसँगको छलफलमा परीक्षा सार्न सकिने अवस्था रहेको खण्डमा सार्न अनुरोध गर्नुभएको र सोही आधारमा बोर्डले वैशाख २१ गतेका लागि परीक्षा सारिएको अध्यक्ष शर्माले बताउनु भयो ।

परीक्षाको नयाँ तालिका भने भोलि बस्ने बोर्ड बैठककाे निर्णयपछि सार्वजनिक गरिने बताइएको छ ।

शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा सरेको हो। यस अघि यहि पर्सी बिहीबारदेखि परीक्षा सञ्चालन हुने तालिका थियाे।

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस