२०८२ असार १७ गते, मंगलवार ००:५०

वीरगन्ज-

बारा जिल्लाको पथलैयामा प्रहरीले यात्रुवाहक बसबाट करिब ११ लाख रुपैयाँ बराबरको चाँदी बरामद गरेको छ। वीरगन्जबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ३-०१-००५ ख ३२५६ नम्बरको बसलाई पथलैयामा रोकेर प्रहरीले जाँच गरेको थियो।

बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार, बसको क्याबिनभित्र सिटमुनि लुकाएर राखिएको कार्टुन खोलेर हेर्दा १० लाख ८० हजार रुपैयाँ मूल्य बराबरको ६ किलो चाँदीका विभिन्न गहना बरामद भएका हुन्।

प्रहरीले बरामद गरिएको चाँदी र घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। चाँदी कसले र किन यसरी लैजाँदै थियो भन्ने बारेमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस