काठमाडौं-
भारतको पुलवामामा भएको आतङ्कवादी हमलापछि देश शोक र क्रोधमा डुबेको छ। सुरक्षा निकायले घटनामा संलग्न आतङ्कवादीहरूको खोजीलाई तीव्र पारेको छ।
भारतीय मिडिया आजतकका अनुसार, उक्त आक्रमणमा दुई जना पाकिस्तानी आतङ्कवादीको संलग्नता रहेको खुलेको छ। यसका साथै, दुई जना स्थानीय आतङ्कवादीको पनि यस घटनामा हात रहेको पाइएको छ। सुरक्षा निकायले चारै जना आतङ्कवादीको बारेमा सूचना संकलन गरिरहेको छ र तीन जना आतङ्कवादीको स्केच समेत सार्वजनिक गरेको छ।

यसैबीच, मंगलबार बेस्रानमा भएको अर्को आतङ्कवादी आक्रमणमा २८ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन्। आतङ्ककारीहरूले पर्यटकहरूलाई निशाना बनाएको बताइएको छ।
दक्षिण कश्मीरको अनन्तनाग जिल्लामा सेना, राष्ट्रिय अनुसन्धान अभिकरण (एनआईए), प्रहरी र अन्य सुरक्षा एजेन्सीहरू बुधबार बिहानैदेखि सक्रिय भएका छन्। ड्रोनदेखि हेलिकप्टरसम्म प्रयोग गरी जङ्गलको हरेक कुना(कुनामा निगरानी राखिएको छ।
पुलवामा र बेस्रानको आतङ्कवादी हमलापछि जम्मु–कश्मीरदेखि दिल्लीसम्म उच्च सतर्कता (हाई अलर्ट) जारी गरिएको छ। सुरक्षा निकायहरूले सम्भावित खतरालाई मध्यनजर गर्दै व्यापक सुरक्षा व्यवस्था अपनाएका छन्।