२०८२ असार १७ गते, मंगलवार ०१:३९

पर्सा-

मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय बढ्दै गएको गर्मीका कारण तातो हावाको लहर चल्नसक्ने पूर्वानुमान गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार, पछिल्लो समय देशभर तापक्रम वृद्धि भइरहेको छ। विशेषगरी तराईका क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ। ‘मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिममा ३८ डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ,’ उनले भने, ‘आगामी दुई दिन तापक्रम अझै बढ्ने सम्भावना देखिएकाले तातो हावाको लहर चल्न सक्छ, त्यसैले सबैले सतर्कता अपनाउनुहोला।’

मौसमविद् लामिछानेले तातो हावाको लहर चलेमा सुरुमा शरीर चिलाउने र साना बिमिरा देखिने समस्या हुनसक्ने बताए। यदि घाउ र बिमिरामा संक्रमण भएमा घाउ ठूलो हुने र खटिरा पनि बन्न सक्ने खतरा रहेको उनको भनाइ छ। तातो हावाका कारण खुट्टा सुनिने, रिँगटा लाग्ने र बेहोस हुने जस्ता समस्या पनि देखिन सक्छन्। यसका साथै रक्तचाप घट्ने लगायतका लक्षणहरू पनि देखा पर्न सक्छन्।

मौसमविद् महर्जनका अनुसार, तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी महसुस हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने र बान्ता हुने जस्ता सम्भावित असरहरू देखिन सक्छन्। यस्ता असरहरूबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस