२०८२ श्रावण २० गते, मंगलवार २२:०६

काठमाडौं-

नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाउनुपर्ने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न स्रोतबाट प्रश्तावित तथा माग भएका आयोजनाहरूमध्ये प्राथमिकतामा नभएकाहरूलाई घटाउनुपर्ने बताउनु भयो । उहाँले उत्पादन र गतिशीलतामा मद्दत नगर्ने आयोजनाहरूलाई प्राथमिकतामा नराख्न सरकारलाई सुझाव दिनुभयो ।

उहाँले सडक आयोजनाहरुमा प्रतिफल नदिने आयोजनाहरु प्रश्तावित हुने गरेको भन्दै त्यसलाई घटाउनुपर्नेमा जोड दिनुभयो । पूर्वअर्थमन्त्री महतले जनसङ्ख्या, पर्यटन र उत्पादनलाई प्राथमिकता दिए त्यसले परिणाम पनि राम्रो निकाल्ने र रोजगारीमा पनि मद्दत पुग्न विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिफललाई प्राथमिकता दिएर आयोजना प्रश्तावित गरिए मात्रै त्यसले राम्रो प्रभाव पार्ने बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस