२०८२ असार १७ गते, मंगलवार ०१:०९

काठमाडौं–

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूका समस्या समाधानका लागि वार्ताको बाटो अपनाउने बताएका छन्। आज मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले शिक्षकहरूका मागबारे आफू जानकार रहेको र तिनको समाधान वार्तामार्फत खोज्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री पन्तले भने, “मैले भर्खरै मन्त्रालयको जिम्मेवारी सम्हालेको छु। शिक्षकहरूका माग र समस्याबारे मलाई जानकारी छ। मन्त्रालयका अधिकारीहरूले वार्ताको पहल गरिरहेका छन्। यो विषयमा थप बुझेर आफ्नो धारणा बनाउनेछु।” उनले अब बोल्नेभन्दा पनि काममा ध्यान केन्द्रित गर्ने बताए।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। मन्त्री पन्तको यो भनाइले शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्ने दिशामा सकारात्मक पहल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस