२०८२ श्रावण १८ गते, आईतवार २१:०९

काठमाडौँ – 

राष्ट्रिय सभाको १८ औं अधिवशेनको पहिलो बैठक शोक प्रश्ताव पारित गरेर सकिएको छ ।

शुक्रवार बसेको सभाको पहिलो बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभा समक्ष पढेर सुनाउनु भयो । लगत्तै अध्यक्ष दाहालले लोकतन्त्र प्राप्तिका लागि जीवन आहुति दिनुभएका ज्ञातरअज्ञात शहीदहरुप्रति सभामा १ मिनेट उभिएर मौनधारण गर्न आग्रह गर्नुभयो ।

साथै बैठकमा अध्यक्ष दाहालले पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनमा शोक प्रश्ताव प्रश्तुत गर्नुभयो । शोक प्रश्तावलाई सभाले सर्वसम्मतिले पारित ग¥यो । बैठकले दिवंगत बोहराप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । दिवंगत बोहराप्रति सभाका सदस्यहरुले १ मिनेट उठेर मौन धारण गर्नुभयो । राष्ट्रिय सभाको अर्को बैठक वैशाख १४ गते आईतवार बस्ने गरी अध्यक्ष दाहालले शुक्रवारको बैठक स्थगित भएको घोषणा गर्नुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस