२०८२ श्रावण १८ गते, आईतवार ०१:११

काठमाडौँ –

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले विद्यालय शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गरी शिक्षकहरुलाई आफ्नो क्षेत्रमा फर्किने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले शिक्षा विधेयक छिटो ल्याउनुपर्ने भन्दै यस्तो आग्रह गर्नुभएको हो । उहाँले शिक्षा विधेयकको माग गर्दै २४ दिनदेखि सडकमा रहेका शिक्षकहरुको आवाज नसुनेर सरकारले आन्दोलन तुहाउन खोजेको आरोप लगाउनु भयो । उहाँले गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्नेगरी शिक्ष विधेयक ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले विद्यार्थीको शैक्षिक भविष्य अन्योलग्रस्त बनाउने गरी शिक्षक आन्दोलनलाई बेवास्ता नगर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले शिक्षकहरु चर्को गर्मीको अलकत्रामा टाँसिएर आन्दोलित अवस्थामा हुँदा सरकार कानमा तेल हालेर बसेको अरोप लगाउनु भयो । सांसद ज्वालाले सहकारी पीडित, मिटर ब्याजपीडित, चिकित्सकलगायतका आन्दोलनको घेराबन्दीमा सरकार रहेको बताउनु भयो । उहाँले जनताको पीडालाई दबाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिनुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस