२०८२ श्रावण १८ गते, आईतवार ०७:००

काठमाडौँ –

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकार र गठबन्धनमा कुनै समस्या नआएको स्पष्ट पार्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो । उहाँले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले कुनै मसला नपाएपछि सरकार ढल्ने भ्रमको खेति गरिरहेको टिप्पणी गर्नुभयो । उहाँले सत्तारुढ दलहरुमा भ्रम र भय सिर्जना गर्न यस्तो परिस्थितिको निर्माणमा केन्द्रित भएको उहाँको आरोप छ ।

उहाँले प्रचण्ड फण्डाबाहेक काँग्रेस र एमालेको बीचमा सत्ता सहयात्राको विषयमा कुनैपनि समस्या नभएको दोहो¥याउनु भयो । उहाँले आफूहरु एकल बहुमतको लागि २०८४ सम्म कुर्ने र त्यतिबेलासम्म काँग्रेससँगको सहयात्रामा अगाडि बढ्ने दाबी गर्नुभयो । उहाँले शिक्षकहरुका जायज माग पूरा गर्न सरकार लागिपरेको समेत बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस