२०८२ असार १६ गते, सोमबार २२:१९

वीरगन्ज-

सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका–२४ रामगढवास्थित सडकबाट भारतबाट अवैध रूपमा ल्याइएको करिब १० लाख रुपैयाँ मूल्यको औषधि बरामद गरेको छ। बरामद औषधिमा ४८० डब्बा न्युट्रिक्योर क्याप्सुल रहेको छ, जुन ना २ स १०१७ नम्बरको अटोमार्फत तस्करी हुँदै थियो।

सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहका अनुसार, औषधिसहित अटो चालक वीरगन्ज–२५ सिर्सियाका ३६ वर्षीय अमृत साह कानुलाई नियन्त्रणमा लिइएको छ। साथै, तस्करीमा संलग्न भारतीय नम्बर प्लेटका दुई मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।

बरामद औषधिको मूल्य ९ लाख ६० हजार र अटो तथा मोटरसाइकलको मूल्य ६ लाख गरी कुल १५ लाख ६० हजार रुपैयाँको सामान बरामद भएको सिंहले बताए। बरामद सामान र अटो चालक कानुलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस