२०८२ असार १७ गते, मंगलवार ०१:२५

वीरगन्ज  –

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ को आयोजनामा शनिबार बिहान वीरगन्ज महानगरपालिका वडा नं. २ को छटघाटस्थित धर्मशालामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। वीरगन्ज सामुदायिक आँखा अस्पतालका महेश सिंह धामीको विशेष सहयोगमा आयोजित शिविरमा १४९ जनाको आँखा जाँच गरिएको छ।

कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुद्दिन ठकुराईले गरेका थिए। प्रमुख अतिथिका रूपमा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, विशिष्ट अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्र, सशस्त्र प्रहरीका एसपी राधेश्याम धिमाल र वडा अध्यक्ष रियाज मिया तेली उपस्थित थिए।

शिविरमा १४९ जनाको आँखा जाँच गरिएकोमा ३५ जनामा मोतियाबिन्दु रोग फेला परेको थियो। जाँचसँगै आवश्यक औषधि र आँखाको ड्रप निःशुल्क वितरण गरिएको थियो। मोतियाबिन्दु फेला परेकाहरूको वीरगन्ज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको अध्यक्ष ठकुराईले जानकारी दिए।

अध्यक्ष ठकुराईले शिविरको उद्देश्य गाउँघरका गरिब, निमुखा र आर्थिक अभावले अस्पताल पुग्न नसक्नेहरूलाई सहज रूपमा सेवा प्रदान गर्नु रहेको बताए। “कसैले पनि आँखाको उपचार नपाएर अन्धकार जीवन जिउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो,” उनले भने।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) कावीरगन्ज कार्यालय प्रमुख हिमाल लम्साल, वडा नं. २ का सदस्य बसिर मिया हजाम, सामुदायिक सेवा केन्द्रका सचिव प्रवीण विक्रम शाह, सदस्यहरू अजित भुजेल, धिरज शर्मा, अरुण गोयल, अब्दुल कैश तेली, प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर सिंह ठकुरी, प्रहरी सहायक हवल्दार मणि भूषण यादव, प्रहरी सहायक हवल्दार पन्नालाल कुमार पण्डित र प्रहरी जवान सोलाजिम मिया लगायतको उपस्थिति थियो।

यो शिविरले स्थानीय समुदायमा आँखा स्वास्थ्यप्रति जागरूकता बढाउन र उपचारको पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस